बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ५ स्थित त्रिपुरेश्वर माविमा चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई शुरु हुने भएको छ । आज विद्यालयमा भएको सरोकारवालाहरुले भेलाले विद्यालयमा कक्षा ११÷१२ को पढाई शुरु गर्ने निर्णय भएको हो ।
स्थानीयस्तरमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर त्रिपुरेश्वर माविले कक्षा ११ को पढाई शुरु गर्न लागेको विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताए । कक्षा ११ मा यो बर्ष लेखा, अंग्रेजी र नेपाली मुख्य बिषय लिएर पढ्ने विद्यार्थीहरुले भर्ना गर्न सक्ने उनले बताए ।
कक्षा ११ को पठनपाठन शुरुवात गर्नका लागि पाटन नगरपालिका वडा ५ का वडा अध्यक्ष फुनिसिंह बोहराले ७२ हजार सहयो गर्ने घोषणा गरेका छन् भने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले २५ हजार सहयोग गर्ने घोषणा गरेका स्थानीय समाजसेवी डिबी बोहराले बताए ।
यस्तै त्रिपुरेश्वर माविमा कक्षा ११÷१२ को पढाई सञ्चालन गर्नका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रावलले प्रतिबद्धता व्यक्त गरे ।
नजिकैको विद्यालयमा कक्षा ११ ÷१२ को पढाई सञ्चालन हुने भएपनि विद्यार्थीहरु समेत खुसी भएका छन् । २०१७ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १० सम्मको पढाई हुँदै आएको थियो ।




