Sagun Khabar
कञ्चनपुरमा मदिरा सेवनपछि भएको कुटपीटमा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मदिरा सेवनपछि भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । आइतबार राति भएको कुटपिटपछि जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो ।

कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीयका अनुसार बोहरा र स्थानीय प्रकाश पालबीच कुटपिट भएको थियो । बोहराको मृत्युपछि आरोपित प्रकाश पालसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update