Sagun Khabar
डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु 

दार्चुला – डेंगु संक्रमणबाट दार्चुलाकी एक किशोरीको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिर डेंगु संक्रमणबाट मृत्यु भएको हो । 

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारकै क्रममा गएराति उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।  

चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन् । दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update