पाटनका प्रमुख प्रशासकीय अधिकृत शर्माको तीन महिनामै सरुवा
बैतडी –बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको सरुवा भएको छ । गएको जेठ १० गते पाटन नगरपालिकामा हाजिर भएका शर्मा ३ महिनामै सरुवा भएका हुन् ।
संघीय मामिला तथा सामान्य मन्त्रालयले उनलाई अर्घाखाँचीको शितगंगा नगरपालिकामा सरुवा गरेको हो ।
गएको आर्थिक बर्षको अन्त्यतिर पाटनमा हाजिर भएका उपसचिव शर्माको तीन महिनामै सरुवा भएको हो । पाटन नगरपालिकामा बस्दा सम्म सुशासनको क्षेत्रमा सके अनुसारको काम गरेको उपसचिव शर्माले बताए । शर्माको रमाना हुन भने बाँकी रहेको छ ।
यसअघि पनि पाटन नगरपालिकामा उपसचिव ओमप्रशाद पाण्डेको एक महिनामै सरुवा भएको थियो । त्यसअघि लक्ष्मीप्रसाद भट्टलाई पनि छोटो समयमा नै सरुवा गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १५:५९
प्रतिक्रिया दिनुहोस्




