रास्वपाले पाटनमा गठन गर्यो नगर समिति, सभापतिमा ऐर
बैतडी –पालिकास्तरीय समिति गठनमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पाटनमा नगर समिति गठन गरेको छ । आज पाटनमा भएको भेलाले हेमन्तकुमार ऐरको सभापतित्वमा ११ सदस्यीय नगर समिति गठन गरेको हो ।
नगरसमितिको उपसभापतिमा दिपक ठगुन्ना, सचिवमा भरतसिंह बिष्ट, कोषाध्यक्षमा अम्बिका चन्द लगायत अन्य सदस्यहरु रहेका रास्वपाका प्रदेश महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
यस्तै गजेन्द्रबहादुर चन्दको संयोजकत्वमा आरएटी गठन गरिएको छ । जसको सचिवमा अशोक बिष्टलाई चयन गरिएको छ । यस्तै गोपालसिंह बिष्टको संयोजकत्वमा सल्लाहकार समिति चयन भएको महामन्त्री जोशीले बताए ।
पार्टीले भोलि सिगासमा गाउँसमिति गठन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १८:४४
प्रतिक्रिया दिनुहोस्




