Sagun Khabar
पाटन नगरपालिकाले शुरु गर्यो बजार अनुगमन 

बैतडी –बैतडीको पाटन नगरपालिकाले पाटन नगरपालिका क्षेत्रभित्रका बजार अनुगमन शुरु गरेको छ । चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन शुरु गरिएको अनुगमन समितिका संयोजक एवं नगर उपप्रमुख कमलसिंह बोहराले बताए । 

बजारबाट म्याद नाघेका सामग्री समेत विक्रि हुन सक्ने र व्यवसाय दर्ता तथा नवीकरण नगरेकाहरुलाई करको दायरमा ल्याउन बजार अनुगमन शुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले बताए । 

पाटन बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका सामग्री बरामद गरि नष्ट समेत गरिएको उपप्रमुख बोहराले बताए । 

पाटन नगर क्षेत्रभित्रका अन्य बजारहरुमा पनि अनुगमन गरिने बताइएको छ । अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न र नवीकरण नगरेकाहरुलाई दर्ता नवीकरण गर्न आग्रह गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update