सुदूरपश्चिमका कानुन मन्त्री भट्ट आज बैतडी आउँदै, यस्तो छ भ्रमण तालिका
बैतडी–सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट आज गृह जिल्ला बैतडी आउने भएका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका भट्ट ४ दिन बैतडीको भ्रमणमा रहने उनको निजी सचिवालयले जनाएको छ ।
मन्त्री भट्ट आज साँझ बैतडीको पाटन पुग्ने र भोलि मणिलेक मावि काँडा मेलौलीको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको मन्त्री भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माले बताए ।
मन्त्री भट्टले भदौ २० गते भेटघाटका साथै कार्यालय प्रमुखहरुसंग छलफल र निर्देशन दिने कार्यतालिका रहेको छ । यस्तै भदौ २१ गते भेटघाट कार्यक्रम गरेर भदौ २२ गते मन्त्री भट्ट धनगढी फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० ०९:०८
प्रतिक्रिया दिनुहोस्




