Sagun Khabar
काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

 काठमाडौं -ठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update