Sagun Khabar
डडेल्धुराका मनकारी वडा अध्यक्ष थापामगर : जसले आफ्नो सेवा सुविधा विद्यालयलाई सहयोग गरे 

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का वडाअध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गर्ने भएका छन् । 

उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन् । उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन् । 

वडाअध्यक्ष नरेन्द्र थापामगर नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । राजनीति समाजसेवा भएकाले आफूले पाएको सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेको उनले बताए । 

Nare1695024433.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update