बैतडी–भारतले सिल्ट सफाइका लागि धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म खोल्ने जानकारी आएकाले महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाँध खोलेको समयमा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई उक्त समयमा सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
यस्तै महाकाली नदी किनारसँग जोडिएका स्थानीय तहहरुलाई पत्राचार गर्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध खोलेको समयमा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ ।




