Sagun Khabar
लेन्थ वर्करलाई तलव देउ भन्दै सदनमा गर्जिए सांसद भट्ट

बैतडी-बैतडीका लेन्थवर्करहरुको समस्या समाधान गर्न सुदुरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । बैतडी क्षेत्र न.(ख) बाट निर्वाचित प्रदेशसभा सांसद संसद लीलाधर भट्टले उनीहरुको पारिश्रमीक समयमै उपलब्ध गराइदिन सरकार समक्ष आग्रह गरेका हुन् । 

बुधबार प्रदेशको आठौँ अधिवेशनको सुरुवातमै सांसद भट्टले पटक–पटक ध्यानाकर्षण गराउदाँ समेत प्रदेश सरकारले आनाकानी गरेको बताए । लेन्थवर्करहरुको तलव दिनुपर्ने भएपनि यो बिषयमा प्रदेश सरकार उदासीन हुनु दुःखद भएको उनको भनाई छ । 

गरिब घरपरिवारका लेन्थवर्करहरुको पारिश्रमिकका बिषयमा प्रदेश सरकारले ध्यान नदिदा उनिहरुको चुल्हो बल्न छाडेकाले यथासिघ्र पारिश्रमिक भुक्तानी गरिदिन सांसद भट्टले माग गरे ।

Atrya hospital

उनले भने, "विगतमा सघिंय सरकार अन्तरगत काम गर्दै आएका मजदुरहरुलाई पाटन–पञ्चेश्वर सडक प्रदेश मातहत आएपछि नत काम नगर्नुस भनेर लिखित रुपमा भनियो । विगतदेखी उनिहरु काम गरिरहेका छन् । २१ महिना सम्मको तलव पाएका छैनन् । ती मजदुरहरु अनसन बस्दाबस्दै बिरामी भैरहेकाछन् । तर प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउदाँ सरकारको ध्यान गएन् । अहिले उनिहरु अनसन बस्न बाध्यछन् । यथासिघ्र उनिहरुलाई तलव दिइयोस् ।" सांसद भट्टले भने, ।  

यसैगरी सांसद भट्टले मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पुर्वाधार बिकास मन्त्री दिर्घ सोडारीलाई ज्ञापनपत्र समेत पेश गरेकाछन् । सडकमा काम गर्ने मजदुरको तलव रोक्नु प्रदेश सरकारको गैरजिम्मेवारी पुर्ण कार्य भएकाले उनिहरुको २१ महिनाको तलव चाडो भन्दा चाडो दिन भन्दै उनले ज्ञापनपत्र पेश गरेका हुन् । 

पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका लेन्थवर्करहरु बिगत ५ दिनदेखि पाटनको जिरो प्वाइन्टमा अनशनरत छन् । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update