Sagun Khabar
लेन्थवर्करहरुको मागमा वाइसिएलको एक्यवद्धता, तलव नदिए आन्दोलन गर्ने

बैतडी–बैतडीको पाटनमा अनसन बसिरहेका लेन्थवर्करहरुको माग प्रति एक्यवद्धता जनाउदैँ योंग कम्युनिष्ट लिग (वाइसिएल) ले प्रेश बिज्ञप्ती जारी गरेको छ । वाइसिएलका बैतडी जिल्ला इन्चार्ज कमल बोहराद्धारा हस्ताक्षरित विज्ञप्तीमा २१महिना सम्मको तलव नपाएका लेन्थवर्कर हरुलाई यथासिघ्र तलव खुवाउन माग गरिएको छ । 

लेन्थवर्करहरुले पुर्वाधार बिकास कार्यालय बैतडीका प्रमुख जगत प्रसाद जोसी र सुदुरपश्चिम प्रदेश सरकारको लापरवाहिका कारण तलव नपाएको विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा पुर्वाधार बिकास कार्यालय, प्रदेश सरकार प्रति खेद प्रकट गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

वाइसिएलले आज विज्ञप्ती मार्फत लेन्थवर्करको मागप्रति एक्यवद्धता जनाएपनि यथासिघ्र माग पुरा नभए कडा आन्दोलन गर्ने जनाएको छ । आफुले लेन्थवर्करको मागमा बिषयमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको र थप आन्दोलनको चेतावनी समेत दिएको वाइसिएल जिल्ला इन्चार्ज बोहराले बताए ।

उनले भने, "पुर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत जोसी र प्रदेश सरकारको आनाकानीका कारण उनिहरुको तलव पाएका छैनन् । मैले संम्बन्धीत निकायका व्यक्तिहरुसंग फोनमा कुराकानी समेत गरेको छु । उनिहरुको माग चाडो भन्दा चाडो पुरा नभएमा पहिलो चरणमा हामी पुत्ला दहन गर्ने छौँ । त्यसपछि आन्दोलनका थप कार्यक्रम गर्नेछौँ । उनिहरुको तलव नपाउनुमा पुर्वाधार कार्यालय प्रमुख जोसीको गैर जिम्मेवारपना हो । जोसीले एकै मितिमा पाएका अन्य सबै कार्यक्रम लगुगर्न मरिहत्ये गर्ने तर लेन्थ वर्करहरुलाई तलव नदिने । यो अत्यन्त गम्भीर कुरा छ । जोसीको नियतमा खोट छ । यदि लेन्थ वर्करले तलव नपाएमा वाइसिएल सबै अनियमिमताको प्रदाफास तर्फ लाग्ने छ। पुर्वाधार कार्यालय र प्रदेश सरकारको यथासिघ्र ध्यान जाओस बोहराले भने ।"    

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update