Sagun Khabar
सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन

काठमाण्डौं –सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिमका सबै भूभाग र कर्णाली प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो । 

देशका अन्य भूभागमा भने मनसुनको केही प्रभाव बाँकी रहेको मौसमविद् सञ्जिव अधिकारीले बताए । बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने उनले बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ । नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो । सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ । तर यसपालि पाँच दिन ढिला गरी देशका आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो । 

मौसमविद् अधिकारीका अनुसार कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिएको भएपनि यसपालि सुदूरपश्चिम  र कर्णालीका पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिनसकेको बताए ।

मनसुन बाहिरिएपछि सुदूरपश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन् । देशैभरी पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना पनि नरहेको मौसमविद् अधिकारीले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update