Sagun Khabar
कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिए 

काठमाण्डौं –कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

लगतै उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाएका हुन् । प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय ग¥यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए ।

अब संविाधानको धारा १६८(५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update