Sagun Khabar
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दाङ – दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको  यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको  पहिचान अझै खुलेको छैन ।

दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update