Sagun Khabar
१९औँ एसियाली खेलकुद : करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

काठमाण्डौ – चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेर रजत पदक जितेकी हुन् ।

एरिकाले हङकङकी यान काइ होलाई पराजित गरिन । स्वर्ण पदकको लागि भएको फाइनलमा भने एरिका कजाकस्तानकी खेलाडीसँग पराजित भइन । यसै प्रतियोगितामा नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितिसकेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

आजसँगै नेपालले एसियाली खेलकुदको इतिहासमा तेस्रो पटक रजत जितेको छ । यसअघि १९९८ मा बैंककमा भएको १३औँ एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् ।

यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङ नेपाली टिमले रजत पदक जितेको थियो । कराँतेमा रजत जितेको भने यो पहिलो पटक हो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update