Sagun Khabar
महिला मानव अधिकार रक्षक सञ्जाल बैतडीको अध्यक्षमा राना  

बैतडी–महिला मानव अधिकार रक्षक सञ्जाल बैतडीको अध्यक्षमा कल्पना राना चयन भएकी छन् । मंगलबार सम्पन्न सञ्जालको अधिवेशनले रानाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको हो । 

सञ्जालको उपाध्यक्षमा सुशीला सिंह चन्द, सचिवमा शोभा सिनाल लगायत अन्य सदस्यहरु चयन भएका सञ्जालका केन्द्रीय सदस्य सरस्वती नेपालीले बताइन् । 

महिला मानव अधिकार रक्षक सञ्जालले मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update