देउसी–भैलोबाट संकलित रकम भूकम्प पीडितलाई प्रदान गरिने
बैतडी–डोटीको एक युवा क्लबले देउसी–भैलोबाट संकलित रकम भूकम्प पीडितलाई प्रदान गर्ने भएको छ ।
डोटीको जोरायल गाउँपालिका वडा नं ४ स्थित रोयल जोरायल युवाक्लबले खेलेको देउसी भैलोबाट संकलित रकम भूकम्प पीडितहरुलाई प्रदान गरिने क्लबका कार्यवाहक अध्यक्ष भीमबहादुर मडैले बताए ।
देउसी भैलो खेलेर २५ हजार ४०१ रुपैयाँ संकलन भएको र सो रकम प्रभावितहरुको राहत कोषमा जमा गरिने उनले बताए ।
गएको कार्तिक १७ गतेको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका प्रभावितहरुलाई केही सहयोग पुगोस भनेर आफूहरुले देउसीभैलोबाट संकलित रकम पठाउन लागेको उनले बताए ।
रोयल जोरायल युवा क्बलले विगतदेखि नै समाज सुधारका कामहरु गर्दै आएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण लगायतका काममा समेत क्लबले पहल गरिरहेको कार्यबाहक अध्यक्ष मडैले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्




