Sagun Khabar
संसदको क्यान्टिन महंगो भयो, सस्तो गरियोस् : सांसद भण्डारी 

बैतडी–बैतडीबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । क्यान्टिन महंगो हुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको उनले सुनाए । सस्तो क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी रहेको उनले बताए ।

बाहिर गए सचेतक फोन हानिहाल्ने र भित्र महंगो हुने हुँदा भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । साथै, संसदभित्र लामखुट्टेले टोक्ने अवस्था रहेको पनि उनले बताए । 

यस्तै सांसद भण्डारीले बैतडीका पहिरो प्रभावित नागरिकका लागि सरकारले केही गर्न नसकेको बताए । बेला–बेलामा पहिरो प्रभावितका बिषयमा संसदमा बोलेपनि नागरिकका समस्या समाधान नभएको उनको भनाइ छ । पछिल्लो समयमा पहिरोका कारण बैतडीको दोगडाकेदार १२ घरपरिवार विस्थापित भएका सांसद भण्डारीको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update