बैतडी –बैतडीमा लैंगिक हिंसा न्यूनीकरणका बिषयमा अन्तरक्रियात्मक छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका १ स्थित गुरुखोला स्वास्थ्यचौकी पितलथलामा कार्यक्रमको आयोजना गरिएको हो ।
रचना युवा क्लबको आयोजना तथा पिसवीनको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको क्लबका अध्यक्ष प्रवीन टेलरले बताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)र भीएसओको सहयोगमा पिसवीनले सञ्चालन गरिरहेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको पिसवीनका फिल्ड सहजकर्ता लोकेश भट्टले बताए ।
अन्तरक्रियामा युवाक्लबमा आवद्ध किशोरकिशोरी, ग्रामीण क्षेत्रका महिला, दलित समुदायका नागरिकको सहभागिता रहेको थियो ।
अन्तरक्रियात्मक छलफल समाजमा हुने लैंगिक हिंसा न्यूनीकरणका बिषयमा छलफल गरिएको टेलरले बताए ।




