Sagun Khabar
प्रसिद्ध बडाल जातको अवसरमा डडेल्धुराको गन्यापधुरामा भोलि स्थानीय बिदा

डडेल्धुरा –डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि(शुक्रबार) स्थानीय बिदा दिएको छ । भोलि लाटागन्यापमा हुने प्रसिद्ध बडाल जातको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटागन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला कार्तिक शुक्ल दशमीको दिन राति रतेडी र एकादशीको दिन दिवा मेला लाग्ने परम्परा रहिआएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जातमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।

बडाल जातमा डडेल्धुराका साथै अन्य क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अरु वर्ष झै यो वर्ष पनि जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update