Sagun Khabar
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, तीन जना समान्य घाइते 

बैतडी –बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । शुक्रबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ स्यागैरमा से १ ज ६८७ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमै पल्टिएको हो । 

दशरथचन्द नगरपालिका १ श्रीखण्डबाट जन्ती बोकेर पाताल भुवनेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

Atrya hospital

घाइते हुनेमा दशरथचन्द नगरपालिका १ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन् । उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ । 

जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update