Sagun Khabar
बैतडीको  मेलौलीमा १० र ११ गते सार्वजनिक बिदा

बैतडी- बैतडीको  मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको  छ ।  प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहीजात’को लागि नगरपालिकाले  यहि मंसिर १० र ११ गते  दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

मेलौली नगरपालिकाले शुक्रबार एक सूचना जारी गरेर  मंसिर १० र ११ गतेका दिन बिदा हुने  जनाएको  छ । नगरपालिकाका अनुसार  बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक विद्यालय , बैंक एवं  वित्तीय संस्था लगायतका कार्यालयहरु बन्द रहने छन् ।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि लाग्दै  छ।  देहिजाँतको रूपमा परिचित मेलामा पशुबलि सहित भव्य जात्रा  लाग्ने गर्दछ । मेलौली भगवती माताको  दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले टाढा टाढाबाट दर्शानार्थीहरु  आउने  गरेका  मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।

देहीजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका उनले  बताए । यो जात्रामा आफन्तजनहरुले भेटघाटको रुपमा समेत लिने गर्दछन् । टाढाटाढाका आफन्तबीच भेट हुने भएकाले सामाजिक सदभावका लागि यो जात्रा निकै महत्वपूर्ण रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update