Sagun Khabar
 परराष्ट्र मन्त्री साउद र कतारका विदेश राज्य मन्त्रीबीच भेटवार्ता, विपिनको जोशीको रिहाइका लागि आग्रह 

काठमाण्डौं –परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले भेट गरेका छन् ।

नेपालको दुई दिने भ्रमण क्रममा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले  हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए । 

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update