Sagun Khabar
बैतडीको दशरथचन्दमा भोलि सार्वजनिक बिदा,जगन्नाथ धाममा जात्रा

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले भोलि (आइतबार) स्थानीय सार्वजनिक बिदा दिएको छ । दशरथचन्द नगरपालिका –४ गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी अर्थात बैकुण्ठ चतुर्दशीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । 

जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा आइतबार पालिका मातहतका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतका सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुखस्तरीय निर्णय गर्दै जगन्नाथ धामको जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताए । जगन्नाथ धामको जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले बिदा दिँदै आएको छ । 

यस अघि यही मंसिर ६ गते त्रिपुरासुन्दरी भगवती जात्राको अवसरमा पनि नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

Jagnnath dcm1700897619.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update