Sagun Khabar
बैतडी–दार्चुला जोड्ने कर्कले पुलमा ठूला सवारी साधन आवतजावतमा  रोक 

बैतडी –बैतडी–दार्चुला जोड्ने कर्कले पुलमा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको छ । 

दार्चुलाको शैल्यशिखर नगरपालिका –३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका – ३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएपछि ठूला सवारी साधनको आवागमनमा रोक लगाएको हो । 

चमेलिया जलविद्युत आयोजनाले एक सूचना जारी गर्दै पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमीन भासिएकाले दुर्घटनाको जोखिम रहेको जनाएको छ । पुल मर्मत कार्य नहुञ्जेलसम्मका लागि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । 

पुलबाट दैनिक सैयौं साना तथा ठूला सवारी साधन आवतजावत हुने भएकाले दुर्घटनाको जोखिम बढेपछि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ । 

सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाड सम्म आवतजावत गर्ने सवारी साधन गुड्ने गरेका छन् । 

पुल भासिएको ठाउँमा प्रहरीले समेत स्थलगत अध्ययन गरेको थियो । पुलको पिल्लर भासिएकाले सो पुल मर्मत नहुँदा सम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको प्रहरीले जनाएको छ । 

Beli bridge1700915321.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update