Sagun Khabar
सुदूरपश्चिमका ५ सहित २६ प्रहरी सम्पर्क विहीन, ७ दिन भित्र हाजिर हुन सूचना

बैतडी –सुदूरपश्चिमका ५ सहित सम्र्पक विहीन भएका २६ प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन भनिएको छ । लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको हो ।

प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो । पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।

बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख गरिएको छ । 

police_1700968608.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update