Sagun Khabar
बैतडीमा डिलाशैनी क्याम्पस स्थापनाका लागि जनसम्पर्क समिति चयन 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ७ शिक्षा केन्द्र मावि धामीगाउँमा डिलाशैनी क्याम्पस सञ्चालनका लागि पहल भइरहेको छ । स्नातक तहको पढाई सञ्चालन गर्ने उद्देश्यसहित क्याम्पस सञ्चालनका लागि पहल भइरहेको हो । 

क्याम्पस सञ्चालनका लागि आवश्यक कामहरु गर्न जनक धामीको संयोजकत्वमा जनसम्पर्क समिति चयन गरिएको समितिका सचिव प्रदीपकुमार जोशीले बताए । स्थानीय अभिभावकहरुको भेलाले समिति चयन गरेको उनको भनाइ छ । 
समितिले क्याम्पस सञ्चालनका लागि आवश्यक आर्थिक संकलनका साथै अन्य कामहरु गर्ने सचिव जोशीले बताए । 

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस स्थापनाको तयारी भएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यसहित क्याम्पस स्थापनाको पहल भइरहेको जोशीले बताए । विश्वविद्यालयको टोलीले अनुगमन गरेको बताउँदै उनले सम्बन्धन प्राप्त हुने विश्वास रहेको बताए । 

क्याम्पस सञ्चालनका लागि अहिले सम्म १२ लाख रकम संकलन भइसकेको छ । कम्तीमा ५० लाख जमा गर्नुपर्ने भएकाले त्यसका लागि जनसम्पर्क समितिले काम गर्ने जोशीले बताए । समुदायस्तरबाट उच्च शिक्षा प्रदान गर्नका लागि क्याम्पस सञ्चालनको पहल भइरहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update