बैतडी –ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन बजारमा पाटनबजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोहबिच आइतबार उद्दघाटन गरे । यसअघि पाटनमा बैंकको उपशाखा सञ्चालनमा रहेको थियो ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
यस्तै बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजारमा ग्लोबल आइएमई बैंकले एटीएम सञ्चालनमा ल्याएको छ । डडेल्धुरा शाखा अन्तर्गतको खोड्पे उपशाखाले खोड्पे बजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरुको सहजताको लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाशदत्त भट्टले जानकारी दिए ।
सोमबार एक कार्यक्रमकाबीच एटीएम सेवाको उद्दघाटन गरिएको थियो । वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले सयुक्त रुपमा एटीएम काउण्टरको उद्दघाटन गरेका थिए ।




