Sagun Khabar
दार्चुलामा दुईओटा बस एकआपसमा ठोक्किए 

दार्चुला –दार्चुलामा दुईओटा बस एकआपसमा ठोक्किएका छन् । सोमबार दिउँसो महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका –८ थप्तोली भन्ने ठाउँमा बसहरु एकआपसमा ठोकिएका हुन् । 

दुई बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति भएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सु.प.प्र. ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सु.प.प्र.०१००१ ख २३९३ नम्बरको नगर बस एकआपसमा ठोक्किएका हुन् । 

महाकाली नगरपालिकाको नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो ।  

दुवै बस एकआपसमा ठोक्किँदा बसहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । नगर बसमा बढी क्षति पुगेको उनले बताए । 

एकआपसमा बस ठोक्किएपछि अहिले महाकाली राजमार्ग अवरुद्ध रहेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update