गाई तार्ने क्रममा महाकाली नदीमा बगेर कञ्चनपुरका एक जना बेपत्ता
कञ्चनपुर –महाकाली नदीमा बगेर कञ्चनपुरका एकजना बेपत्ता भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० बर्षीय जित दमाई सोमबार बिहान नदीमा बगेर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीको तीव्र बहावमा बगेका थिए ।
घटनालगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रहरी तथा सुरक्षाकर्मीले महाकाली नदी आसपासका क्षेत्रमा दमाईको खोजी गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३ १७:१८
प्रतिक्रिया दिनुहोस्




