Sagun Khabar
बिडिसिए कपको खेल तालिका सार्वजनिक 

बैतडी –बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा यही मंसिर १६ गतेबाट हुने बिडिसिए कपको खेल तालिक सार्वजनिक भएको छ । बिडिसिए कपको २० औं संस्करणको बैतडी जिल्ला क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेको हो । 

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा र पंचकोटी क्रिकेट क्लब रहेका छन् । यस्तै समूह बी मा निङ्गलासैनी क्रिकेट क्लब, कालाशैनी क्रिकेट क्लब र महामाया क्रिकेट क्लब रहेका छन् । 

Atrya hospital

यसैगरी समूह सी मा दशरथचन्द स्मृति प्रतिष्ठान,ग्वाल्लेक क्रिकेट क्लब र महारुद्र क्रिकेट क्लब रहेका छन् भने समूह डी मा यौंगस्टार क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब रहेका छन् । 

प्रतियोगिताको उद्दघाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा मंसिर १६ गते बिहान ९ बजे एनआरवाईसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब भिड्नेछन् ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा खेलाइन लागेको हो । 

प्रतियोगितामा १६ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गर्न दिइने छैन् भने एक टीममा २३ बर्षमाथिका बढीमा ४ जनाले खेलाडीले मात्रै सहभागिता जनाउन पाउने क्रिकेट प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले बताए ।

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Khel talika1701157096.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update