Sagun Khabar
पाटनका १० ओटै वडामा देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन सम्पन्न

बैतडी–नेपाली कांग्रेसको देउवा समूहले बैतडीको पाटन नगरपालिकाका १० ओटै वडामा अधिवेशनमार्फत वडा कार्यसमिति गठन गरेको छ । 

संस्थापन पक्षले यसअघि नै वडा कार्यसमिति गठन गरेकोमा इतर पक्षले समानान्तर समिति गठन गरेको हो । 

वडा नं १ मा पदमराज भट्टराईको सभापतित्वमा समिति गठन गरेको देउवा समूहले वडा नं २ मा प्रताप लुहारको सभापतित्वमा समिति गठन गरेको देउवा पक्षीय कांग्रेसका युवा नेता कपील केसीले बताए । 
यस्तै वडा नं ३ को सभापतिमा अनिता विक कोली, वडा नं ४ को सभापतिमा कमलसिंह ऐरी, वडा नं ५ को सभापति ध्वजसिंह भाट, वडा नं ६ को सभापतिमा धर्मेन्द्रसिंह बिष्ट, वडा नं ७ को सभपातिमा राजेन्द्रप्रसाद भट्ट, वडा नं ८ को सभापतिमा शेरसिंह बिष्ट, वडा नं ९ को सभापतिमा प्रेमसिंह धामी र वडा नं १० को सभापतिमा नारायणप्रसाद पन्त चयन भएका छन् । 

पाटन नगरपालिकाका सबै वडामा सर्वसम्मत रुपमा वडा अधिवेशनमार्फत वडा कार्यसमिति चयन गरिएको केसीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update