Sagun Khabar
अमेरिकाका पूर्व विदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता किसिन्जरको निधन

अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।

किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा हिजो निधन भएको हो । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री बनेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । शताब्दी उमेरसम्म सक्रिय किसिन्जरले गएको जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न अकस्मात बेइजिङको भ्रमण गरेका थिए । 

चीन–अमेरिकाबीच शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा उनले जोड दिँदै आएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update