Sagun Khabar
पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बारा – बारामा पाँच लाख रुपैयाँ घुससहित एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

वडाध्यक्ष कार्कीले बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेका मधेस प्रदेश कमिटीका सदस्य समेत रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update