Sagun Khabar
वासुलिङ्ग धामको नाममा अक्षय कोष स्थापना गरिँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ र ३ काेे सीमामा स्थित प्रसिद्ध वासुलिङ्ग धामको नाममा अक्षय कोष स्थापना गरिने भएको छ । वासुलिङ्ग धार्मिक सेवा समितिले अक्षय कोष स्थापनाका लागि चन्दा संकलनको काम गरिरहेको समितिका उपाध्यक्ष विनोदप्रसाद भट्टले बताए । 

समितिले वासुलिङ्ग धामको प्रचारप्रसार, संरक्षण र विकासका लागि काम शुरु गरेकाले अक्षय कोष स्थापना गर्ने र त्यसबाट प्राप्त ब्याजको रकम धामको विकासमा खर्च गरिने उपाध्यक्ष भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले सम्म वासुलिङ्ग धार्मिक सेवा समितिले विभिन्न श्रद्धालु भक्तजनहरुबाट ५ लाख दान भेटी संकलन भइसकेको छ । समितिलाई तडीगाउँका डा. नन्दराज भट्टले १ लाख ११ हजार प्रदान गरेका छन् भने यस्तै सोही ठाउँका नवीनप्रसाद भट्टले ४१ हजार १सय ११ रुपैयाँ  दान भेटी प्रदान गरेका  छन् । 

यस्तै सुर्नया गाउँपालिका चिल्लेपानी घर भएका वासुदेव माविका प्रधानाध्यापक जितबहादुर पाण्डेले पनि २१ हजार समितिलाई दानभेटी उपलब्ध गराएको समितिका उपाध्यक्ष भट्टले बताए । 

कम्तीमा १० लाखको अक्षयकोष स्थापना गरेर वासुलिङ्ग धामको विकास र संरक्षणका लागि पहल गरिने उनले बताए । 
वासुलिङ्ग धाममा हरेक बर्ष असोज शुक्ल सप्तमी र कार्तिक शुक्ल सप्तमीमा जात्रा हुने गरेको छ । यो क्षेत्रको प्रसिद्ध धामको रुपमा रहेका वासुलिङ्गको दर्शनका लागि टाढाका भक्तजनहरु समेत आउने गरेका वासुलिङ्ग धार्मिक सेवा समितिका सदस्य भानबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update