Sagun Khabar
सुर्नया गाउँपालिकामा ‘बर्थ डे फरेष्टी’ अभियान

बैतडी-बैतडीको सुर्नया गाउँपालिकालले ‘बर्थ डे फरेष्टी’ अभियानको सुरुवात गरेको छ । गाउँपालकाको कृषि साखाले हरेक कर्मचारी र जनप्रतिनिधिको जन्मदिनमा बृक्षारोपण गर्नेगरि ‘बर्थ डे फरेष्टी’ अभियान सञ्चालन गरेको हो ।

आइतबार गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टको जन्मदिनको अवसरमा उक्त अभियानको सुरुवात गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त अभियान अन्तगत गाउँपालिका परिसरमा २सय बढी बोट बिरुवाहरु रोपिएको कृषि शाखा प्रमुख बिष्टले बताए । बिभिन्न फलफुल तथा सौन्दर्यबद्र्धक बोट बिरुवा रोपण गरिएको उनले बताए । आइतबार अभियानको सुरुवात भएको र यो अभियान बर्षभरी नै सञ्चालन गरिने उनले बताए । 

ग्रीन सुर्नया, क्लीन सुर्नया र भिजिट सुर्नया भन्ने उदेश्यका साथ कृषि क्षेत्रमा काम गर्ने योजना अन्तरगत ‘बर्थ डे फरेष्टी’ अभियान चलाएको गाउँपालिका कृषि शाखाले जनाएको छ । सुर्नया गाउँपालिकाले मिनि चिडियाखाना स्थापना, बोटानिकल गार्डेन र कृषि पर्यटन प्रवर्धनको कार्यक्रम यस बर्ष सञ्चालन गर्ने कृषि साखा प्रमुख बिष्टले बताए ।   
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update