Sagun Khabar
जंगली बदेलले मकैबाली नष्ट

बैतडी–बैतडीको मेलौली नगरपालिका वडा न. २को कर्पतमा जंगली बदेलले मकैबाली नष्ट गर्न थालेको छ ।

२हप्ता यता स्थानियबासीहरु बदेल धपाउन खेतबारीमै पहरा गर्ने गरेको किसान लोकबहादुर चन्दले बताए । आफुहरु रातिको २ बजेसम्म खेतमा बनाइएको झुप्रोमा बसेर पहरा गर्ने गरेको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

किसानले पहरा नबसेको समयमा जंगली बदेल आएर मकै खाने गरेको अर्का स्थानिय पुरन चन्दले बताए । हालसम्म २० रोपनि भन्दाबढी खेतमा लगाएको मकै बदेलले नष्ट गरेको उनले बताए ।

जंगली बदेलले मकैबाली नष्ट गरेपछि किसानहरु चिन्तीत भएकाछन् । हरेकबर्ष यस ठाउँमा बदेलले मकैबाली सखाप गर्ने गरेको स्थानिय किसान खगेन्द्र चन्दले बताए । किसानले मेहेनत गरेर खेतमा लगाएको मकै फल्ने बेलामा जंगली जनावरले सखाप गरिदिदाँ भोकमरी हुने चिन्ता बढेको उनले बताए ।

आफ्नो गाउँका ७ परिवारको मकै बदेलले पुरै नष्ट गरिदिएको कर्पतका किसानले बताएकाछन् । बालीनाली जंगली जनावरले नष्ट गरेपछि राहत पाउने आस गरेका किसानहरुले हालसम्म कतैबाटपनि राहत भने पाएका छैनन् ।
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update