Sagun Khabar
आज २० जना कोरोना मुक्त, नयाँ संक्रमित शुन्य

बैतडी–बैतडीमा आज एकैदिन २० जना कोरोना मुक्त भएकाछन् भने, नयाँ संक्रमितको संख्या पनि शुन्य रहेको छ ।

आज ३४ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरि आज कोरोना मुक्त हुनेमा दोगडाकेदार गाउँपालिकाका १८जना, मेलौली नगरपालिकाका १जना र सुर्नया गाउँपालिकाका १जना रहेकाछन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६० कायम भएकोछ ।

अहिले पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा १८ जना, सुर्नया गाउँपालिकामा ९ जना, पाटन नगरपालिकामा ९ जना, दशरथचन्द नगरपालिकामा ७ जना र मेलौली नगरपालिकामा १ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update