Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकामा जारी  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको  छ । बिहीवारबाट जारी प्रतियोगिता आज सम्पन्न भएको  हो ।

पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कुलाउ माविले हात पारेको छ। जवलपुर माबि सैलोडाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको उपाधि कुलाउ मावि कुलाउले हात पारेको छ। कुलाउ मावि कुलाउले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ पहिलो स्थान हासिल गरेको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी प्रतियोगिताको उप–बिजेता सोमेश्वर मावि मड् भएको छ।

५ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित सोमेश्वर मावि मड् प्रतियोगिताको द्धित्तीय भएको गाउँपालिकाले जनाएको छ। प्रतियोगिताको तृतीय भने जवलपुर मावि सैलोडा भएको छ। ४ स्वर्ण, ४ रजत र ६ कास्य पदकका साथ जवलपुर मावि सैलोडोले तृतीय स्थान प्राप्त गरेको हो ।  गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update