Sagun Khabar
चालु आर्थिक वर्षमा सम्पन्न हुने योजनाका लागि पर्याप्त बजेट वियोजन गर्ने : मन्त्री भाट

कैलाली –सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट (सरल) ले चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने योजनामा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताएका छन्।

चालु आर्थिक वर्षका लागि नयाँ बजेट निर्माणको प्रक्रियामा प्रदेश सरकार जुटेका बेला आइतबार पत्रकार सम्मेलन गरी मन्त्रीले यसै वर्ष सम्पन्न हुने योजनामा पर्याप्त बजेट विनियोजन गरिने बताएका हुन् । उनले शुरु  हुन नसकेका, प्राविधिक कारण अथवा ठेकेदारका कारणले समस्या आएका योजनामा भने कानुनी बाटो रोजेर अगाडि बढ्ने उल्लेख गरे । 

मन्त्री भाटले भौतिक पूर्वाधार विकास मन्त्रालयको दायित्वमा रहेको बजेट कतौटी गर्ने वा दायित्व घटाउने विषयमा आफूले कहीँकतै कुरा नगरेको दाबी गरे । उनले आफ्नो पहिलो निर्णय नै बहुवर्षीय ठेक्काको अनुसन्धान, अध्ययन गर्नका लागि कार्यदल गठन रहेको उल्लेख गर्दै गठित कार्यदलले काम गरिरहेको बताए । 

मन्त्री भाटले बजेटमा समस्या आएर नै बजेट शून्यताको वर्तमान परिस्थिति निम्तिएको भन्दै बजेट पुनर्लेखन भएर आउने उल्लेख गरेका छन् ।   
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update