Sagun Khabar
बैतडीको बयलचौरमा प्रहरीचौकी स्थापनाका लागि स्थलगत निरीक्षण 

बैतडी –बैतडीको पाटन नगरपालिका १ स्थित बयलचौरमा प्रहरी चौकी स्थापनाको लागि स्थलगत निरिक्षण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक गिरी, सशस्त्र प्रहरी बलका प्रमुख कृष्णसिंह पुजारा , जिल्ला समन्वय अधिकारी नरेन्द्र अवस्थी, भूमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐर,  पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहरा, पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढा, इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरक्षक सरोजकुमार ठकुराठी लगायतको टोलीले स्थलगत निरीक्षण गरेको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगृुन्नाले जानकारी दिए । 

गृह मन्त्रालयबाट अस्थायी प्रहरीचौकी स्थापनको लागि पत्र आएपछि स्थलगत निरीक्षण गरिएको हो । स्थानीय तहको सहजीकरणमा बयलचौरमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने तयारी भएको वडा अध्यक्ष ठगुन्नाले बताए ।  
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीचौकी स्थापना आवश्यक भएकाले यो पहल गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update