Sagun Khabar
डडेल्धुरा घरभएका पूर्वमन्त्री खडायतको निधन

डडेल्धुरा- पूर्वमन्त्री लालबहादुर खडायतको निधन भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–२ सोमपरीका खडायतको ८२ वर्षको उमेरमा निधन भएको हो। पञ्चायतकालमा डडेल्धुराबाट राष्ट्रिय सदस्य (सांसद) बनेका खडायत चार पटक मन्त्री बनेका थिए। 
रुसका लागि नेपाली राजदुत समेत बनिसकेका खडायतको काठमाण्डौँमा निधन भएको हो। उनी २०२५ भूमि सुधार मन्त्री, २०३० मा कानुन तथा न्यायमन्त्री, २०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री बनेका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update