Sagun Khabar
प्रथम पियु अखिल कप फुटसल प्रतियोगिता माघ २८ र २९ गते ,बिजेताले  १ लाख पाउने

बैतडी- प्रथम पियु अखिल कप फुटसल प्रतियोगिता हुने भएको  छ ।  देशकै दोस्रो ठूलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्व विद्यालय भित्रका कलेजहरुको बिचमा यहि माघ  २८ र २९ गते अन्तर कलेज प्रथम अखिल कप फुटसल प्रतियोगिता हुने भएको हो ।

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा   काठमाण्डौ स्थित धन्यतरी फुटसल ग्राउन्डमा   प्रतियोगिता हुने अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक उमेश भण्डारीले जानकारी दिए ।  यो प्रतियोगितामा पोखरा विश्वविद्यालयबाट आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले सहभागिता जनाउन पाउने छन ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको बिजेताले रु एक लाख नगद  र उपबिजेताले रु ६० हजार नगद सहित  ट्रफी, मेडल र प्रमाणपत्र पाउने अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक  भण्डारीले बताए ।   अनेरास्ववियुले अब हरेक वर्ष यो प्रतियोगीता सञ्चालन गर्ने  समेत उनले बताए ।

यस अघि मदन भण्डारी मेमोरियल कपको नाममा आयोजना गरिएको थियो भने यो बर्ष देखि अखिल कपको रुपमा आयोजना भैरहेको  हो । यस अघि यो प्रतियोगिता माघ २१ र २२ गते गर्ने कार्यतालिका रहे पनि अधिकांश कलेजहरुमा प्री– बोर्ड परिक्षा संचालन भईरहेकोले एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।

 हाल अनेरास्ववियु पोखरा विश्वविद्यालय संगठन बिस्तार, कलेजहरुको सम्मेलन र रचनात्मक कार्यक्रममा तालिका बनाएर अगाडि बढिरहेको पोखरा विश्वविद्यालयको समन्वयकर्ता तथा अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update