Sagun Khabar
बैतडीमा  जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी तिब्र

बैतडी- बैतडीमा  जिल्लास्तरीय  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको  तयारी धमाधम भैरहेको  छ । यहि माघ २६ गतेबाट जिल्लाको  मेलौलीमा हुने प्रतियोगिताको अहिले तयारी तिब्र पारिएको  हो । जिल्ला स्तरीय  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको  तयारी  तिब्र पारिएको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार  भण्डारीले  बताए ।

१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  यहि माघ२६ गतेदेखि मेलौली भगवती मन्दिरको खेलमैदानमा  हुने   उनले बताए ।  त्यसका लागि अहिले  फिल्ड मर्मत, मञ्च व्यवस्थापन लगायतका तयारीहरु तिब्र पारिएको उनले  बताए । मेलौली  नगरपालिकामा हुने प्रतियोगितालाई  भव्य  बनाउन जनप्रतिनिधिहरु पनि व्यवस्थापनमा जुटेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितालाई  सभ्य र भव्य बनाउन सरोकारवाला सबै निकाय संग छलफल र आवश्यक समन्वय  भैरहेको  मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले बताए । मेलौली नगरपालिकामा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि जिल्लाका  पालिकाहरु पनि तयारी अवस्थामा छन् ।

बन्द प्रशिक्षणका कार्यक्रम सम्पन्न गरेर पालिकाहरु प्रतियोगिता हुने ठाउँ मेलौली जान तयारी गरिरहेका हुन् । जिल्ला स्तरीय  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिनका लागि आवश्यक तयारी पुराभएको  सुर्नया गाउँपालिकाका खेल प्रशिक्षक कमल साउदले  बताए । जिल्ला स्तरीय  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता  तीन दिन सम्म चल्ने  छ ।

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अहिले चार ओटा विद्याका खेलहरु हुँदै  छन्। जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भलिबल, कराँते, एथलेटिक्स र कबड्डी  हुने  बताइएको  छ ।  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको २६ गते  देखि हुँदै छ । कार्यक्रमको उद्धघाटन पूर्व मन्त्री एवं बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले गर्ने  कार्यक्रम छ । 


 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update