Sagun Khabar
मोरङका सांसद शर्माद्वारा  बैतडीका दुई शिक्षालयमा एक÷एक लाखको अक्षयकोष स्थापना

बैतडी –मोरङ क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले बैतडीका दुई शिक्षालयमा एक÷एक लाखको अक्षयकोष स्थापना गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित सांसद शर्माले ‘सांसदसंग विद्यार्थी अन्तरक्रिया’कार्यक्रमको आयोजना गरेर अक्षयकोषको स्थापना गरेका हुन् । 

बुधबार बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा भएको अन्तरक्रियामा सांसद शर्माले एक लाखको अक्षयकोष स्थापना गरेका स्ववियु सभापति भागरथी भट्टले बताइन् । क्याम्पसमा अध्ययनरत गरीब,दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुर्याउन अक्षयकोषको स्थापना गरेको सांसद शर्माले बताए । 

Atrya hospital

पैसाको अभावमा उच्च शिक्षा ग्रहण गर्न समस्या भएका विद्यार्थीहरुलाई सहज होस भनेर अक्षयकोषको स्थापना गरिएको सांसद शर्माले बताए । पाटन बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको समस्या बुझ्दै सांसद शर्माले विद्यार्थीहरुले भोगीरहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने दाबी समेत गरेका छन् । 

यस्तै सांसद शर्माले दोगडाकेदार गाउँपालिका ४ स्थित श्रीकेदार मावि पिपलकोटमा पनि एक लाखको अक्षयकोष स्थापना गरेका छन् । बृहत स्वास्थ्य शिविर सञ्चालनको बेला विद्यार्थीहरुसंग गरिएको अन्तरक्रियामा कार्यक्रममा सांसद शर्माले अक्षयकोषको स्थापना गरेका हुन् । 

उक्त कोषबाट गरीब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति दिइने बताइएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले विद्यालयहरुमा अक्षयकोषको स्थापना गरेको सांसद शर्माले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update