Sagun Khabar
बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि, सांसद भण्डारीले उद्दघाटन गर्ने  
फाइल फोटो

बैतडी–बैतडीमा भोलि (शुक्रबार)देखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मेलौली भगवती माताको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता आवश्यक तयारी पूरा भइसकेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

मेलौली नगरपालिकाले पनि प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । बजार क्षेत्र सानो भएकाले पालिकाहरु खान र बस्न अलग–अलग व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा १० ओटै पालिकाका टीमहरुको सहभागिता रहने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । प्रतियोगिताको बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । 

यसैबीच भोलिदेखि शुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । शुक्रबार बिहान ८ बजेदेखि खेलकुद प्रतियोगिता शुरु हुनेछ । यस्तै बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म प्रतियोगिता उद्दघाटन समारोह सञ्चालन हुने आयोजकले जनाएको छ । 

माघ २८ गते प्रतियोगिता समापन हुने बताइएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update