Sagun Khabar
क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं -  एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update