Sagun Khabar
टीकापुर जग्गा घोटला प्रकरण : २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाण्डौं – कैलालीको टीकापुरमा सार्वजनिक जग्गा घोटला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

अख्तियारले तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

व्यक्तिगत सम्बन्ध र स्वार्थका आधारमा नियम विपरीत सरकारी जग्गा विक्रि गरेर घोटला गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दै जग्गा घोटला प्रकरणमा संलग्नहरुमाथि बिगोसहित सजाय माग दाबी गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update