नवलपरासीको दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते
काठमाण्डौ – नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो ।
घाइतेलाई उद्धार गरी कावासोतीमा रहेको मध्यबिन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । अरु ज्यान गुमाएका पाँच जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १७, २०८३ ०८:२१
प्रतिक्रिया दिनुहोस्




